६ मंसिर, २०८१ बिहिबार
12:09:31 PM
५ भदौ, २०७९
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आइतबार छापावाला सुनको भाउ ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९५ हजारमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।