७ बैशाख, २०८१ शुक्रबार

02:42:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२९ भदौ, २०७९

एकै दिन ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। सो दिन छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।