८ बैशाख, २०८१ शनिबार

07:43:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डाक्टर केसीद्वारा इलामबाट निःशुल्क सेवा सुरु

Nepal Business

२३ साउन, २०७९

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु बताउनुभयो ।

डाक्टर केसीद्वारा इलामबाट निःशुल्क सेवा सुरु

इलाम,

डाक्टर गोविन्द केसीले सोमबारदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गर्नुभएको छ । 

इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । आजदेखि २० दिनसम्म उहाँले सेवा दिनु हुनेछ । 

इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । आजदेखि २० दिनसम्म उहाँले सेवा दिनु हुनेछ । 

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु बताउनुभयो । 

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँको भनाइ छ । 

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । 

त्यसबाहेक १५ वटा देश पुगेर उहाँले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । 

डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् । 

डा केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । 

उहाँले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिनुहुने जनाइएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । 

उहाँले आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको बताइएको छ ।