२२ बैशाख, २०८१ शनिबार

02:10:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

Nepal Business

९ बैशाख, २०७९

सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो ।

उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिएका छन् ।