१८ बैशाख, २०८१ मंगलबार

07:19:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ अर्ब ४५ करोड रकम भुक्तानी नपाएको भन्दै प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

२ साउन, २०७९

१ अर्ब ४५ करोड रकम भुक्तानी नपाएको भन्दै प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं । प्रदेश १ का तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । उनिहरुले सरकारबाट भुक्तानी नपाएको भन्दै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने अस्पतालमा विराटनगरको  नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडमा रहेको बि एण्ड सी अस्पताल रहेका छन् ।

ति अस्पतालहरुले साउन १ गते रातिबाट स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।