२२ बैशाख, २०८१ शनिबार

02:22:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिकित्सक नै चकित ! ३९ वर्षीया महिलाको पाठेघरमा ९ किलोको ट्युमर...?

Nepal Business

१८ साउन, २०७९

सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भन्नुभयो, “शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ ।”

चिकित्सक नै चकित ! ३९ वर्षीया महिलाको पाठेघरमा ९ किलोको ट्युमर...?

विराटनगर,

विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा बुधबार सफल शल्यक्रिया भएको हो । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा बुधबार सफल शल्यक्रिया भएको हो । 

करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा भानु न्यौपाने, डा वात्सल्य अर्याल, डा फारिदा खातुनलगायतको टिम सहभागी थियो ।

सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भन्नुभयो, “शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ ।”

विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँच/छ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो । 

कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुननसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन् । rss

सांकेतिक तस्वीर