१६ चैत, २०८० शुक्रबार

07:37:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नरको राजीनामा माग गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरु प्रहरीको नियन्त्रणमा

Nepal Business

२२ साउन, २०७९

गभर्नरको राजीनामा माग गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरु प्रहरीको नियन्त्रणमा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थीत राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए ।

प्रदर्शनकारीले एम अधिकारी राजिनामा दे, नालायक गभर्नर मुर्दावाद लगाएतका नारा लगाएका थिए ।