१५ बैशाख, २०८१ शनिबार

08:53:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि विकास बैंकलाई कृषि क्षेत्रको मुख्य बैंक बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

Nepal Business

७ माघ, २०७९

अहिले सरकार आफैँले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने

कृषि विकास बैंकलाई कृषि क्षेत्रको मुख्य बैंक बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

कृषि विकास बैंक स्थापनाको ५६औँ वर्ष प्रवेशका अबसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राख्नुभएको छ । 

बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । 

“पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ।”, उहाँले भन्नुभयो ।

बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । 

अहिले सरकार आफैँले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने पौडेलको भनाइ छ ।