७ बैशाख, २०८१ शुक्रबार

06:46:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन ८ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१२ साउन, २०७९

 एकै दिन ८ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । लगातार ३ दिन घटेको सुनको मूल्य आज (बिहीबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ।

यस दिन सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


हिजो (बुधबार) सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो।