७ बैशाख, २०८१ शुक्रबार

01:19:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

११ साउन, २०७९

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।
 
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो (मंगलबार) पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। मंगलबार  तोलामा चाँदी ५ रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।