१३ बैशाख, २०८१ बिहिबार

10:31:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाडा अटो एक्सपो २०२२ स्थगित

Nepal Business

९ साउन, २०७९

नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाण्डौं । नाडा अटो एसपो २०२२ स्थगित भएको छ । नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनुभएको हो ।

नाडा अटो एक्स्पो भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भनिएको थियो । 

तर सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को साउन १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सिभन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएपछि नाडाले यस्तो निर्णय गर्न वाध्य भएको जनाएको छ ।