८ बैशाख, २०८१ शनिबार

04:04:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाडाद्वारा संयुक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Nepal Business

२५ भदौ, २०७९

नाडाद्वारा संयुक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसन प्रदेश नं. १, विराटनगरको संयुक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरमा एक दिने कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव बहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले हाल सवारी साधन आयात गर्न बन्देजले व्यवसाय धारासायी अवस्थामा रहेको बताए । विगतका वर्षदेखी गर्दै आएको नाडा अटो सो यस वर्ष ईभी नाडा अटो एक्स्पो असोज ६ गतेदेखि आयोजना हुने समेत जानकारी दिनुभयो । 

कार्यक्रममा एशोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठले व्यवसायीक एकताले नै हरेक संस्था बलियो हुने र व्यवसायीक एकता विना कुनेै क्षेत्र सम्भव नहुने साथै अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले एशोसिएशनले यस किसिमका विभिन्न व्यवसायिक क्षेत्रलाई टेवा पु¥याउने किसिमका तालिम गर्दै आइरहेको र भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । 

यसैगरी कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) सम्बन्धी विषयमा जानेर वा नजानेर कति व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयवस्तु र भिसिटिएसले व्यवसायमा कसरी सहयोग पु¥याउने छ भन्ने प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण सदस्य प्रतिष्ठानहरु लाभान्वित हुने बताउनुभयो । 

उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीका तर्फबाट सहभागि ८० जना प्रशिक्षार्थीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख तिर्थराज खनाल, आन्तरिक राजस्व कार्यालयका अधिकृत वनोद पोखरेल र अधिकृत रमेश ओझा त्यसैगरी भन्सार कार्यालय रानीका अधिकृत अरुण पौडेल र अधिकृत अमित तिवारी तथा चाटर्ड एकाउन्टेन्ट साहिल अग्रवालले प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा नाडाका उपाध्यक्ष तथा एशोसिएशनका निवर्तमान अध्यक्ष सुभाष आचार्य महासचिव सुरेन्द्र उप्रेती, एशोसिएशनका पूर्व अध्यक्ष तोया खनाल र संचारकमीहरुको उपस्थिति रहेको थियो ।