१७ बैशाख, २०८१ सोमबार

12:58:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनीमा अस्पताल निर्माणका लागि दुई अर्ब ५४ करोड लगानी गर्दै

Nepal Business

६ साउन, २०७९

सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ

लुम्बिनीमा अस्पताल निर्माणका लागि दुई अर्ब ५४ करोड लगानी गर्दै

लुम्बिनी,
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी अस्पताल निर्माण हुने भएको छ । 

सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु एक अर्ब लगानी गर्ने भएको छ ।

सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई  अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ ।

सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु एक अर्ब लगानी गर्ने भएको छ । बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

त्यससम्बन्धी सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।