२३ बैशाख, २०८१ आइतबार

05:28:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंक र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२२ बैशाख, २०७९

ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको

एनआईसी एशिया बैंक र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । एनआईसी एशिया बैंक र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबीच छुट सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल र क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभएको हो । 

सो सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । 

बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।