२३ बैशाख, २०८१ आइतबार

10:09:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ्ग सेवाका लागि सम्झौता

११ जेठ, २०७९

नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ्ग सेवाका लागि सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल चिकित्सक संघबिच सम्झौता भएको छ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको हो।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशैभरीका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुट लिन सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गर्नुभएको हो ।