७ मंसिर, २०८१ शुक्रबार

01:17:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमएम प्लास्टिक उद्योगले गर्यो ४७ करोड १० लाख रुपैयाँको कारोबार

Nepal Business

४ साउन, २०७९

एमएम प्लास्टिक उद्योगले गर्यो ४७ करोड १० लाख रुपैयाँको कारोबार

काठमाडौं । एमएम प्लास्टिक उद्योग प्रालिको आम्दानी बढेको छ । कम्पनीको आम्दानी सन् २०२० को तुलनामा २०२१ मा २४ प्रतिशतले बढेको हो ।  कोभिड–१९ महामारीका कारण सन् २०२० मा ३८ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको कम्पनीले २०२१ मा ४७ करोड १० लाख रुपैयाँको कारोबार गरेको जानकारी दिएको छ।

कम्पनीले सन् २०२२ को ११ महिनाको अवधिमा कोभिड अगाडिको जतिकै आम्दानी हुने जनाएको छ । विभिन्न प्लास्टिकजन्य जार, पेट प्रोडक्ट र एचडीपीइ पाइप र अन्य सामग्री उत्पादन गर्दै आएको कम्पनी एमएम ग्रुप अफ कम्पनीद्वारा सञ्चालित छ ।

मुख्यगरी एफएमसीजी उद्योग र जुस उत्पादन लागि चाहिने प्लास्टिक ब्रान्डमा प्लास्टिकजन्य वस्तु बिक्री वितरण गर्दै आएका छन् ।

कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २५ करोमड रुपैयाँ अर्थात् एलबी प्लस र अल्पकालीन कर्जाका लागि ३३ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ दिएको छ ।