७ मंसिर, २०८१ शुक्रबार
05:40:29 AM
३ जेठ, २०७९
समयमा ऋण तिर्न नसकेको भन्दै अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक राकेह कुमार अग्रवाल, राहुल अग्रवाल, प्रभा अग्रवाल र ज्ञानप्रसाद भट्टराईलाई कालोसूचीमा
काठमाण्डौं । अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित १३२७ जना ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको गत वैशाख महिनाको तथ्यांक अनुसार अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित १३२७ जना ऋणी कालोसूचीमा परेका हुन् ।
उनीहरुले समयमा ऋण तिर्न नसकेको भन्दै अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक राकेह कुमार अग्रवाल, राहुल अग्रवाल, प्रभा अग्रवाल र ज्ञानप्रसाद भट्टराईलाई कालोसूचीमा राखेको केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । वैशाख महिनामा मात्रै १३२७ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।
केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ ।
यस महिनामा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् । उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिमा कालोसूचीमा परेका छन् ।