१५ बैशाख, २०८१ शनिबार

12:12:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

३ साउन, २०७९

 घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।