७ मंसिर, २०८१ शुक्रबार

07:51:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नर अधिकारीको राजिनामा माग, आफू पार्टीमा संलग्न नरहेको गभर्नरको भनाइ

Nepal Business

२९ असार, २०७९

गभर्नर अधिकारीले आफू सो व्यक्ति नभएको र कुनै पनि पार्टीमा संलग्न नभएको

गभर्नर अधिकारीको राजिनामा माग, आफू पार्टीमा संलग्न नरहेको गभर्नरको भनाइ

काठमाण्डौं । नेकपा एमाले अर्थ तथा योजना विभागमा एम अधिकारीलाई विभागको सदस्यको रुपमा राखेको छ । सो नाम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ।

सो विषयमा प्रतिनिधि सभाको बैठकमा साँसदहरुले प्रश्न उठाएका छन् । संसदमा बुधबार मिनबहादुर विश्वकर्मा, रेखा शर्मा, अञ्जना विशंखे लगायतले गभर्नरको विषयमा प्रश्न उठाएका हुन्।

कानूनले पनि गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नहुने भन्ने रहेको भन्दै यो कानून विपरीत भएको भन्दै साँसदहरुले संसदमा प्रश्न उठाएका हुन्।

यसैगरी सामाजिक सञ्चालमा पनि गभर्नरले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग उठेको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा दिनेश नाम (दिनेशकाजी) गरेका प्रयोगकर्ताले गभर्नरलाई नसोधि प्रतिपक्षी पार्टीको विभागिय सदस्यमा नियुक्त गरिएको हो भने गभर्नरले राजिनामा दिनुपर्ने बताउनुभएको छ । 

दिनेश लेख्नुहुन्छ, ‘राज्यको सम्पत्ति हुनुपर्ने गभर्नर, सरकारको वित्तीय सल्लाहाकारको भूमिकामा हुनुपर्ने व्यक्ति प्रतिपक्षी पार्टीको विभागिय सदस्यमा नियुक्ति भएको खबर आयो । सर तपाईलाई नसोधी नियुक्ति गरिएको भए तत्काल राजिनामा दिँदा इज्जत  बढ्छ है । आगे तपाईको इच्छा ।’

सोही प्रयोगकर्तालाई जवाफ फर्काउदै गभर्नर अधिकारीले आफू सो व्यक्ति नभएको र कुनै पनि पार्टीमा संलग्न नभएको बताउनुभयो । उहाँ ट्वीटर प्रयोगकर्ता जीएसभुसाललाई ट्याग गर्दै लेख्नुहुन्छ, ‘दिनेश जी, म कतै कुनै पार्टी राजनीतिमा नरहेको ब्यहोरा राजनकारी गराउन चाहान्छु। यसर्थ त्यहाँ उल्लेख गरिएको व्यक्ति म हुने कुरै भएन । ध्यानकर्षण गराई दिनुभएकोमा हार्दिक धन्यवाद।’

यस्तै सोही विषयलाई लिएर सेयर बजारका लगानीकर्ताले गभर्नर अधिकारीको राजिनामा माग गर्दै बुधबार साँझ साढे ४ बजे माइतिघरमा प्रदर्शन गर्ने भएका छन्।