५ असोज, २०८१ शनिबार

07:11:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ र एनआईसी एशियाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ असार, २०७९

नेपाल लाइफ र एनआईसी एशियाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको लिलाम सेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले असार २० गते, सोमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार २७ गते, सोमबार) अन्तिम दिन रहेको हो ।

नेपाल लाइफको ५ लाख ९६ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडको ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको हो । जसमध्ये नेपाल लाइफको मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंकको मूल्य प्रतिकित्ता न्यूनतम ४ सय २५ रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र  ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।