७ बैशाख, २०८१ शुक्रबार

07:14:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भयो स्वरोजगार लघुवित्त

Nepal Business

१६ माघ, २०७९

लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न सम्झौता गरेको हो।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भयो स्वरोजगार लघुवित्त

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि नेशनल पेमेन्ट स्वीचमा आवद्द भएको छ । 
लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न सम्झौता गरेको हो।

सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । 

यस अन्तर्गत स्वरोजगार लघुवित्तले प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।