१४ बैशाख, २०८१ शुक्रबार

11:49:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रिमा

Nepal Business

२० असार, २०७९

नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रिमा

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक सेयर बिक्रि सुरु भएको छ । सोमबारदेखि नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक सेयर  बिक्रिमा आएको हो । 

नेपाल लाईफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । 

नेपाल लाईफ इन्स्योरेन्सको सेयरको मूल्य प्रतिकित्ता ७०० तोकिएको छ भने एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता ४२५ तोकिएको छ ।उल्लेखित सेयर खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी  मूल्य अंकित गरी असार २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

दुबै कम्पनीको सेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो सेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले यी कम्पनीहरूले असार २० गतेपश्चात लाभांश र हकप्रद सेयर घोषणा गरेमा प्राप्त गर्न सक्नेछन् ।

दुबै कम्पनीको शेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, नारायणगढ, हेटौडा, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।