१५ चैत, २०८० बिहिबार

04:58:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ र एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा, कुनको मूल्य कति ?

८ असार, २०७९

नेपाल लाइफ र एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको सेयर आज (असार ८ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ ।

नेपाल लाइफको ५ लाख ९७ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडको ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको हो । जसमध्ये नेपाल लाइफको मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंकको मूल्य प्रतिकित्ता न्यूनतम ४ सय रूपैयाँ तोकिएको छ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र  यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।