१३ बैशाख, २०८१ बिहिबार

01:08:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन तोलामा १६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२२ असार, २०७९

एकै दिन तोलामा १६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) एकै दिन सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यसदिन तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (मंगलबार) सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज (बुधबार) चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।