१६ बैशाख, २०८१ आइतबार

09:49:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्माण सामाग्रीको मूल्यु घट्यो, सिमेन्ट बोरामा सय, डन्‍डी प्रतिकिलो ४५ कम

Nepal Business

१८ असार, २०७९

बजारमा ईंटाको मूल्य गोटाको १५ देखि १८ रुपैयाँसम्म रहेको छ। औसतमा अहिले एक नम्बर ईंटाको १६ रुपैयाँ र दुई नम्बरको साढे १५ रुपैयाँसम्म पर्छ। निर्माणको सिजनमा ईंटाको मूल्य २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो।

निर्माण सामाग्रीको मूल्यु घट्यो, सिमेन्ट बोरामा सय, डन्‍डी प्रतिकिलो ४५ कम

काठमाडौं। 

वर्षा लागेसँगै निर्माणको अफसिजन सुरु भएपछि अधिकांश निर्माण सामाग्रीको मूल्य सस्तिएको छ। असार लागेसँगै ईंटा, सिमेन्ट र डन्डीको मूल्य ओरालो लागेको छ। 

बर्खामा निर्माणको काम कम हुने हुँदा यतिबेला निर्माण सामग्रीको माग घट्ने गर्छ। यसले गर्दा पनि अहिले विशेषगरी लामो समय भण्डारण गरेर राख्न नमिल्ने र अन्य औद्योगिक निर्माण सामाग्रीहरुको दाम सस्तिन थालेको हो

बर्खामा निर्माणको काम कम हुने हुँदा यतिबेला निर्माण सामग्रीको माग घट्ने गर्छ। यसले गर्दा पनि अहिले विशेषगरी लामो समय भण्डारण गरेर राख्न नमिल्ने र अन्य औद्योगिक निर्माण सामाग्रीहरुको दाम सस्तिन थालेको हो।

सिमेन्ट बोरामा सय, डन्‍डी प्रतिकिलो ४५ कम  भएको छ । 

यसबाहेक पछिल्लो समय निर्माण सामग्री उद्योग एकपछि अर्को थपिँदै जाँदा मागभन्दा अधिक उत्पादन क्षमता बनिसकेकाले उद्योगहरुबीच  व्यवसायिक प्रतिस्पर्धा चर्किएको छ। यस्तै, कच्चा पदार्थको उपलब्धता पनि केही सहज भएको छ। यिनै कारणहरुले गर्दा निर्माण सामाग्रीको मूल्य क्रमिक रुपमा घट्दै गएको हो। 

अहिले गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार बजारमा ईंटाको मूल्य गोटाको १५ देखि १८ रुपैयाँसम्म रहेको छ। औसतमा अहिले एक नम्बर ईंटाको १६ रुपैयाँ र दुई नम्बरको साढे १५ रुपैयाँसम्म पर्छ। निर्माणको सिजनमा ईंटाको मूल्य २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो।