१४ बैशाख, २०८१ शुक्रबार

09:50:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दार्चुलामा बाढी-पहिराको वितण्डा : मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति, राहत व्यवस्थापन तिब्र

Nepal Business

२५ भदौ, २०७९

४२ घर पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताउनुभयो । महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ ।

दार्चुलामा बाढी-पहिराको वितण्डा : मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति, राहत व्यवस्थापन तिब्र

काठमाडौँ,
शुक्रबार राति  परेको अविरल वर्षाका कारण दार्चुलामा आएको बाढी र पहिरामा परेर ठुलो जनधनको क्षति भएको छ । 

बाढी पहिराले महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी नौ वटा सवारीसाधन बेपत्ता बनाएको छ । 

बाढी पहिराले महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी नौ वटा सवारीसाधन बेपत्ता बनाएको छ । 

त्यस्तै ४२ घर पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताउनुभयो । महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ ।
 
बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति भएको छ । झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको समेत हाहाकार मच्चिएको छ ।

स्थानीय बलवीर ठगुन्नाका अनुसार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन् । 

धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ ।

यस्तो छ मानवीय क्षति

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन महिला  र दुई जना पुरुष छन् । घाइते हुनेमा तीन महिला र पाँच पुरुष छन् । बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष बेपत्ता छन् । 

बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण पहिरामा परेर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ ।