८ बैशाख, २०८१ शनिबार

06:33:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ असार, २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर १ हजार २१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।