१९ बैशाख, २०८१ बुधबार

07:55:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामसङको मुनाफा ५२ प्रतिशतले बढ्दै

Nepal Business

२५ पुस, २०७८

सामसङको मुनाफा ५२ प्रतिशतले बढ्दै

पुस २५, काठमाण्डौं
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले १३८ खर्ब वन मुनाफा गर्ने अपेक्षा गरिएको छ । 
मुनाफाको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले धेरै हुनेछ । यो चार वर्षयता चौथो त्रैमासिकको उच्च मुनाफा पनि हुने बताइएको छ ।

सर्भर मेमोरी  चिपको उच्च माग र चिप करार म्यानुफ्याक्चरिङ व्यवसायमा उच्च मुनाफाका कारण मुनाफा बढ्ने कम्पनीको भनाई छ ।   

पीसी र विद्युतीय सामग्रीको उच्च मागका कारण कम्पनीको मुनाफा बढ्ने क्रममा रहेको प्रविधि विश्लेषक साम रेनोल्डले भन्नुभयो । मुद्राको विनिमय दरमा आइरहेको उतारचढावले  पनि कम्पनीलाई लाभ मिलेको उहाँले बताउनु भयो।

गत त्रैमासिकमा अपेक्षित मुनाफा यसअघि अनुमान गरिएको भन्दा केहीकम हुने देखिन्छ । डिसेम्बर त्रैमासिकमा कम्पनीको मुनाफा १५२ खर्ब वन रहने विश्लेषकहरुको अनुमान थियो ।
एजेन्सी