१५ बैशाख, २०८१ शनिबार

10:04:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महारानी एलिजाबेथ द्धितीया कोभिड संक्रमित

Nepal Business

९ फागुन, २०७८

महारानी एलिजाबेथ द्धितीया कोभिड संक्रमित

बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ। उहाँमा सङ्क्रमणको लक्षण सामान्य रहेको बताइएको छ । उहाँ अहिलेआफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको २ दिन पछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।

उहाँले कोभिड विरुद्धको खोप भने लगाइसक्नु भएको जनाइएको छ। रासस(एएफपी)