१६ बैशाख, २०८१ आइतबार

11:48:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने

१० फागुन, २०७८

दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो वितरण गर्न लागेको हो ।

सरकारले विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने

काठमाडौं
सरकारले विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो वितरण गर्न लागेको हो ।

एलपि ग्यासको बढ्दो मूल्यको समस्यामा राहातको महशुस गराउने उदेश्यले दुर्गम, पिछडिएका क्षेत्रका विद्यार्थीलाई सो चुल्हो वितरण गर्न लागिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जारी गरेको सुचनामा उल्लेख छ । फागुन ९ गते केन्द्रले एक सूचना जारी गरी दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।

उक्त चुल्हो लिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्रसहित फागुन २५ गतेसम्म सिफारिस पेस गर्नुपर्नेछ ।