१६ बैशाख, २०८१ आइतबार

08:40:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवल पावरको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

१० फागुन, २०७८

हालसम्म आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई बैंक खाता अपडेट गर्न कम्पनीले आग्रह गरेको छ।

बुटवल पावरको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं
बुटवल पावर कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको हो । माघ २७ गतेदेखि नै कम्पनीले  सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

हालसम्म आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई बैंक खाता अपडेट गर्न कम्पनीले आग्रह गरेको छ। आफ्नो सेयरको प्रमाणपत्रहरु अभौतिक गरेका सेयधनीहरुको हकमा बैंक खाता अपडेट र आफूसँग भएको सेयर प्रमाणपत्रहरु अभौतिक भएपछि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा हुने कम्पनीले जनाएको छ।

हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गरी डिम्याट खाता खोल्न पनि कम्पनीले जनाएको छ।