१६ बैशाख, २०८१ आइतबार

10:45:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युरोपेली संघद्धारा चीनविरुद्ध मुद्दा दायर

Nepal Business

९ फागुन, २०७८

युरोपेली संघद्धारा चीनविरुद्ध मुद्दा दायर

युरोपेली संघले चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ । रोयटर्सका अनुसार ईयूले चिनियाँ अदालतहरुले युरोपेली कम्पनीहरुलाई उनीहरुको दूरसञ्चार प्रविधिको पेटेन्ट रक्षा गर्न रोकिरहेको भन्दै चीनविरुद्ध मुद्दा हालेका हो ।

ईयूको तर्फबाट युरोपेली आयोगले उक्त मुद्दा दायर गरेको छ। युरोपेली कम्पनीहरुलाई विदेशी अदालतमा जान चीनले रोकेको उल्लेख छ । सोही कारण उनीहरुको स्ट्यान्डर्ड एसेन्सियल पेटेन्ट सुरक्षा गर्न चुनौती देखिएको बताइएको छ । 
युरोपेली आयोगले संयुक्त राज्य अमेरिका र जापानसँग पनि यसबारे परामर्श गरेको छ । यी दुवैले यही समस्या भोगिरहेको बताइएको छ ।