३० बैशाख, २०८१ आइतबार

09:08:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप २ कम्पनीको सेयर कारोबार रोक्का

१३ असार, २०७९

आइतबार सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि नेप्सेमा यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो ।

नेप्सेमा थप २ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ बिमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । आइतबार सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि नेप्सेमा यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो ।

मर्जरमा जाने सहमति गरेका कम्पनीले धितोपत्रको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएकाले असार १३ गते देखि लागू हुने गरी उक्त कम्पनीहरुको धितोपत्र कारोबार रोक्का राखेको हो । आइतबार भएको समझदारी पत्रमा सुर्या लाइफका अध्यक्ष केशबप्रसाद भट्टराईले र ज्योति लाईफका तर्फबाट नन्दकिसोर शर्माले हस्ताक्षर गर्नुभएको थियो ।

यी  दुबै कम्पनीको स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन ९डिडिए० पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । त्यस्तै मर्जर पछि कुनै पनि कम्पनीबाट कर्मचमरी कटौति समेत नगर्ने प्रारम्भिक सम्झौता भएको स्रोतले जनाएको छ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ  र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।