१६ बैशाख, २०८१ आइतबार

07:00:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन गर्यो बीमा समितिले ४ बीमा कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रद्द ?

१६ भदौ, २०७९

 किन गर्यो बीमा समितिले ४ बीमा कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रद्द ?

काठमाडौं। बीमा समितिले ४ वटा जीवन बीमा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रक्रिया रद्द गरेको छ। स्वीकृति मागेको लामो समयसम्म पनि आईपीओ निष्काशन गर्न नसकेपछि प्रक्रिया रद्द गरेको समितिले जनाएको छ ।

आईपीओ निष्काशन गर्ने प्रक्रिया रद्द हुने कम्पनीमा आईएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफइन्स्योरेन्स रहेका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि यी कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया अस्वीकृत गरेको छ। यी कम्पनीहरुले अब आईपीओ निकाल्न गर्न चाहेमा फेरि आवश्यक कागजपत्र पूरा गरी नयाँ प्रक्रिया अगाडि बढ्नुपर्ने छ ।