२९ बैशाख, २०८१ शनिबार

08:34:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माहालक्ष्मी लाइफ इन्स्योरेन्सले ९० करोडको आईपीओ निष्कासन गर्ने

Nepal Business

११ जेठ, २०७९

आईपीओ निष्कासन पश्चात कम्पनीले अर्को एक कम्पनीसँग मर्जरमा गएर चुक्तापूँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ ।

माहालक्ष्मी लाइफ इन्स्योरेन्सले ९० करोडको आईपीओ निष्कासन गर्ने

काठमाण्डौं । बीमा समितिले इन्स्योरेन्स कम्पनीहरुलाई पूँजी वृद्धिको निर्देशन दिएसँगै माहालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ९० करोड बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीको गत वैशाख २५ गते बसेको विशेष साधारण सभाको विशेष निर्णय बमोजिम असार ९ गतेसम्ममा हाल कायम शेयरधनीहरुसँग ५० प्रतिशत वा ७० करोड पूँजी थप गर्न सूचनामार्फत आह्वान गरेको हो । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो पूँजी वृद्धि योजना अन्तर्गत पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुसँग थप ५० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  १  अर्ब ४० करोड रहेको छ । 

अहिले संस्थापकहरुसँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड पुग्नेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि ९० करोड बराबरको आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब  पुग्नेछ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । यस अनुसार आईपीओ निष्कासन पश्चात कम्पनीले  अर्को एक कम्पनीसँग मर्जरमा गएर चुक्तापूँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ ।