७ जेठ, २०८१ सोमबार

07:43:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय गाडीको आयात बढ्दो, ११ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढिको आयात

Nepal Business

१२ असार, २०७९

विद्युतीय गाडीको आयात बढ्दो, ११ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढिको आयात

काठमाण्डौं । नेपालमा विद्युतीय सवारी साधानको आयत बढिरहेको छ । नेपालमा ११ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढिको विद्युतीय सवारी साधान आयात भएका छन् । 

चालु आर्थिक वर्षको ११ महिनामा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको १७ सय ४ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । 

भन्सार विभागको तथ्यांक अनुसार सवारी साधन आयातबार सरकारले एक अर्ब ३६ करोड रुपैयाँको राजस्व संकलन गरेको छ । 

विद्युतीय गाडीहरु आयातमा पछिल्लो महिनाभन्दा यो महिना बढेको छ। जसमा पछिल्लो महिना ७८ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए भने यो महिना त्यो संख्या बढेर १ सय ५३ वटा पुगेको छ। 

नेपालमा विद्युतीय गाडीहरु चीन र भारतबाट धेरै आयात भएका छन्। पछिल्लो ११ महिनामा चीनबाट ८ सय १० र भारतबाट ६ सय ८ वटा विद्युतीय गाडी आयात भएको छ।

यस्तै कोरियाबाट १ सय ८४ वटा गाडी आयात भएको तथ्यांक छ । अमेरिका, जापान र फ्रान्सबाट पनि विद्युतीय सवारी सधान आयात भएका छन् ।