८ मंसिर, २०८१ शनिबार
01:58:39 PM
९ असार, २०७९
समाजमा व्यापक रहेको गरिबी र बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिनुुहुँदै उहाँले विकास र समृद्धिका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मधेस प्रदेश,
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकासविना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ ।
जनकपुरधाममा विहिबारदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलआधार भएकाले यसको विकासविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।
जनकपुरधाममा विहिबारदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलआधार भएकाले यसको विकासविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।
समाजमा व्यापक रहेको गरिबी र बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिनुुहुँदै उहाँले विकास र समृद्धिका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म कामकाजलाई अघि बढाएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यको केन्द्रिकृत मानसिकताका कारण विज्ञान र प्रविधिको यथोचित विकास हुन नसकेको आरोप लगाउनुभयो । विज्ञान प्रविधिको विकासलाई गति दिन प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्न लागेको मुख्यमन्त्री राउतको भनाइ थियो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय युवा परिषद्ले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यसपटक मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको छ ।
नयाँ वैज्ञानिक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सम्मेलनमा सातवटै प्रदेशका करिब १५० जना सहभागिता रहेकोे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
जनकपुरधामको मुझेलियास्थित होटल राजदरबारमा दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानकर्ताको सहभागिता उपाध्यक्ष बस्नेतले बताउनुभयो ।