१८ बैशाख, २०८१ मंगलबार

11:16:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा शिक्षक पौडेल विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

८ असार, २०७९

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा शिक्षक पौडेल विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक भएको सम्बन्धमा अस्थायी शिक्षक हुमलाल पौडेल विरुद्ध मुद्दा दायर गरेको छ । 

अर्घाखाँचीको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक पौडेलउपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्र सेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने काम गरेकाले उनी विरुघ विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको हो ।