२१ चैत, २०८१ बिहिबार
04:09:16 AM
६ असार, २०७९
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ । त्यस्तै, सोमबार तेजाबी सुन ९७ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर टापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको छ।