११ बैशाख, २०८१ मंगलबार

07:41:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज पनि ६०० ले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१ असार, २०७९

छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

आज पनि ६०० ले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  नेपाली बजारमा बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै बुधबार तेजाबी सुन तोलामा ९६ हजार रुपैयाँमा का।ोबार भएको महासंघले जनाएको छ ।

हिजो मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ७ हजार १०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।