८ मंसिर, २०८१ शनिबार

06:29:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको सेयर लिलामीमा बिक्री हुँदै, कुनको मूल्य कति ?

३१ जेठ, २०७९

लगानीकर्ताले यी दुवै कम्पनीको सेयरमा न्युनतम १ हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको सेयर लिलामीमा बिक्री हुँदै, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा बिक्री हुने भएको छ । इन्स्योरेन्स कम्पनी र बैंकको सेयर असार ८ गतेदेखि लिलामीमा बिक्री हुन लागेको हो ।

इन्स्योरेन्स कम्पनीको ५ लाख ९७ हजार ९ सय २१ कित्ता र बैंकको ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो । जसमध्ये नेपाल लाइफको मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंकको मूल्य प्रतिकित्ता न्यूनतम ४ सय रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले यी दुवै कम्पनीको सेयरमा न्युनतम १ हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, यी दुई कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र  ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।