२४ बैशाख, २०८१ सोमबार

06:41:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवम् प्लास्टिक इन्डस्ट्रिजको ५६ प्रतिशत निर्यात

Nepal Business

२१ पुस, २०७८

शिवम् प्लास्टिक इन्डस्ट्रिजको ५६ प्रतिशत निर्यात


पुस २१, काठमाण्डौं
शिवम् प्लास्टिक इन्डस्ट्रिजको कारोबार २०२१ मा १ अर्ब ६४ करोड ३० लाख रुपैयाँ पुग्यो भने ५६ प्रतिशत आम्दानी निर्यातबाट मात्र गर्न सफल बनेको छ ।  
अघिल्लो वर्ष २०२० मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ, २०१९ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँ र २०१८ मा २ अर्ब २ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो।

सन् २००० मा स्थापना भएको शिवम् प्लास्टिकले पोलिप्रोप्लिन ह्विवेन फ्याब्रिक, एचडीपीए ह्विवेन तार पाउलिन फ्याबरिक लगायतका सामाग्री उत्पादन गर्दै आएको छ।

कम्पनीले स्वदेशका साथै भारतमा पनि उत्पादन निर्यात गरेको छ। शिवम् प्लास्टिकसँग वार्षिक १० हजार टन उत्पादन क्षमता छ। कोरोना महामारीको असर कम्पनीमा खासै परेको देखिदैन । 

कम्पनीको अपरेटिङ मार्जिन विगत दुई वर्षदेखि निरन्तर सुधार भइरहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। यसको कारण इन्भेन्ट्री बढ्नुका साथै उत्पादनलाई आवश्यक कच्चा पदार्थ प्लास्टिक ग्रानुल्सको भाउ बढेकोले अपरेटिङ मार्जिन बढेको हो । 

कम्पनीले २०१८ मा प्रडक्ट प्रोफाइलमा थपेको चारपाउलिन (ग्रीन हाउस बनाउन किसान र एग्रि बिजनेसमा प्रयोग हुने) को माग स्वदेशी बजारमा बढ्दै गएको छ। २०२१ मा यसबाट हुने आम्दानी बढेर ३० प्रतिशत पुगेको छ। 

इक्रा नेपालले कम्पनीलाई लोकेसनको फाइदा रहेको उल्लेख गरेको छ। भारतीय सीमा र पूर्वपश्चिम राजमार्ग पायक भएका कारण उद्योगलाई कच्चा पदार्थ आयातका साथै उत्पादन निर्यात र देशभर उत्पादन आपूर्ति गर्न सहज हुने जनाएको छ। 

उद्योगले अधिकांश कच्चा पदार्थ आयात गर्ने गरेको छ।  कम्पनीसँग जोडिएका शीर्ष १० पाटीहरुले २०२१ मा कुल आम्दानीको ३७ प्रतिशत योगदान गरेको इक्राले जनाएको छ।

शिवम्मा गोल्याण समूह र अग्रवाल परिवारको लगानी रहेको छ। कम्पनीका अध्यक्ष देवेन्द्रकुमार अग्रवालसँग १९ प्रतिशत, कम्पनीका उपाध्यक्ष बासुदेव गोल्याणको २५ प्रतिशत, कुमुद गोल्याणको १६ प्रतिशत, शक्तिकुमार गोल्याणको १५ प्रतिशत, निखिल अग्रवाल र विजयकुमार अग्रवालको समान १३÷१३ प्रतिशत सेयर स्वामित्व छ।