८ मंसिर, २०८१ शनिबार
12:49:20 AM
२९ जेठ, २०७९
शर्माले देश र जनताको पक्षमा काम गर्दा आलोचना हुने गरेपनि यसबाट विचलित हुन नहुने सुझाव दिनुभयो ।
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले असल नियतले सुरु गरिएका कामको पनि आलोचना हुने गरेको बताउनु भयो । व्यवसाय, देश र जनताको पक्षमा काम गर्दा पनि आलोचना हुन्छ। तर आलोचना भयो भन्दैमा पवित्र काम रोक्न नहुने मन्त्री शर्माले बताउनु भयो ।
रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले देश र जनताको पक्षमा काम गर्दा आलोचना हुने गरेपनि यसबाट विचलित हुन नहुने सुझाव दिनुभयो ।
आईएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई सुझाव दिँदै शर्माले, देशमा रेमिट्यान्स भित्र्याउनमा आईएमईले पवित्र काम गरेको भन्दै ढकालको प्रशंसा गर्नुभयो ।