१९ बैशाख, २०८१ बुधबार

10:35:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टर्कीमा ३६ प्रतिशतको मुद्रास्फिति

Nepal Business

२० पुस, २०७८

मौद्रिक नीति उल्टिएन भने यो वर्षको मार्च मे तिर मुद्रास्फीति बढेर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी अर्थशास्त्रीको छ ।

टर्कीमा ३६ प्रतिशतको मुद्रास्फिति


काठमाण्डौं, पुस २०

टर्कीमा वार्षिक मुद्रास्फीति दर १९ वर्षकै उच्च विन्दुमा पुगेको छ । 

यातायात, खाद्यान्न र अन्य दैनिक उपभोग्य सामानको भाउ बढ्दा मुद्रास्फीति बढेको हो । डिसेम्बरमा मुद्रास्फिति ३६ प्रतिशतभन्दा धेरैले बढेको छ । विश्वका अधिकांश केन्द्रीय बैकहरुले मुद्रास्फीतिलाई कमगर्न ब्याजदर बढाउँछन् । तर टर्कीले उल्टो बाटो समातेको छ ।

 राष्ट्रपति तैयप इर्दोगनले मुद्रालाई स्थिर बनाउनुभन्दा निर्यातलाई प्राथमिकता दिंदा लिराको भाउ धराशयी भएको छ । गत वर्ष अमेरिकी डलरको तुलनामा लिराको भाउ ४४ प्रतिशत अवमूल्यन भएको थियो । सोमवार मात्रै यसमा अर्को ५ प्रतिशतको कमी आएको छ । लिराको भाउमा आएको कमीका कारण ऊर्जादेखि कच्चा सामानसम्म सबै आयातित सामान महँगो बनेको छ । 

मौद्रिक नीति उल्टिएन भने यो वर्षको मार्च मे तिर मुद्रास्फीति बढेर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी अर्थशास्त्रीको छ ।
इर्दोगनले गत वर्ष केन्द्रिय बैंकको नेतृत्वमा व्यापक हेरफेर गरेका थिए । बैंकले सेप्टेम्बरयता मुद्रास्फीति १९ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा ल्याएको छ । एजेन्सी