२१ बैशाख, २०८१ शुक्रबार

06:57:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न नाडाको माग

Nepal Business

२४ जेठ, २०७९

सरकारले अन्तः शुल्क र भन्सार शुल्कमा गरेको वृद्धिलाई खारेज नगरे आफ्नो शोरुमहरु बन्द गरेर आन्दोलनमा जाने

विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न नाडाको माग

काठमाण्डौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालल आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले विद्युतीय सवारीमा लगाइएको कर खारेज गर्न माग गरेको छ । 

मंगलबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रवकुमार थाापाले सरकारले अन्तः शुल्क र भन्सार शुल्कमा गरेको वृद्धिलाई खारेज नगरे आफ्नो शोरुमहरु बन्द गरेर आन्दोलनमा जाने बताउनुभएको हो । 

उहाँ भन्नुहुन्छ, ‘सरकारको कर वा अन्तशुल्क बढाउन भन्दा पहिला सम्बन्धीत क्षेत्रसँग कुनै पनि प्रक्रिया नै नलिकन हचुवाको भारमा शुल्क बढाइयो ।’

उहाँले आगामी आर्थिक वर्षको बजेट लागू भएपछि बढेको अन्त शुल्कले कम मूल्य पर्ने विद्युतीय गाडी महंगो भएको बताउनुभयो । 

उहाँका अनुसार सरकारले विद्युतीय सवारीमा अन्त स् शुल्क ६० प्रतिशतसम्म र भन्सार शुल्कमा १५ प्रतिशतसम्म वृद्धि गरेको थियो।

यस्तै नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले सरकारले बारम्बार आफ्ना नीतिलाई चलाइरहदा व्यापार गर्ने वर्ग समस्यामा परेको भन्दै १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारीलाई बिलासिताको रुपमा राख्न नहुने बताउनुभयो ।