२१ बैशाख, २०८१ शुक्रबार

09:53:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘नाडा अटो एक्स्पो २०२२’ हुने, स्टल बुकिङ जेठ २६ गतेदेखि खुला हुने

Nepal Business

२३ जेठ, २०७९

यहि भदौ ७ देखि १२ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५ औं संस्करण ‘नाडा अटो एक्स्पो २०२२’ आयोजना गरिने

‘नाडा अटो एक्स्पो २०२२’ हुने, स्टल बुकिङ जेठ २६ गतेदेखि खुला हुने

काठमाण्डौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजनामा ‘नाडा अटो एक्स्पो २०२२’ हुने एको छ। नाडाले विगतका वर्षहरुमा हरेक वर्ष अटो एक्स्पो गर्दै आएको थियो । तर कोरोना महामारीका कारणले केहि वर्ष अटो एक्स्पो हुन सकेको थिएन । 

तर यस वर्ष भने नाडाले अटो एक्स्पोको आयोजना गर्दैछ । जसका लागि नाडाले स्टल बुकिङ खुला गरेको छ । काठमाण्डौंको भृकुुुुटीमण्डपमा हुने सो एक्सपोका लागि यहि जेठ २६ गते देखि ३० गतेसम्म स्टल बुकिका लागि रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जानकारी दिएको हो । 

यहि भदौ ७ देखि १२ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५ औं संस्करण  ‘नाडा अटो एक्स्पो २०२२’ आयोजना गरिने भएको  छ । 

सिमित ठाउ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि रजिष्ट्रेशन आवहान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।