१९ मंसिर, २०८१ बुधबार

02:34:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब विद्युत् प्राधिकरणले सबै मालसामान नेपाल एयरलाइन्सबाटै ल्याउने

Nepal Business

१९ पुस, २०७८

अब विद्युत् प्राधिकरणले सबै मालसामान नेपाल एयरलाइन्सबाटै ल्याउने

काठमाडौँ, १९ पुस । नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमार्फत ढुवानी गरिने भएको छ । 

उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुरुप प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । यस्तै प्राधिकरणका कर्मचारी तथा निजको परिवारका सदस्यलाई निगमको अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिइनेछ । कार्गो रेटमा कार्गोको प्रकृतिअनुसार मात्राका आधारमा ५ देखि १० प्रतिशत छुट दिइने सम्झौता भएको निगमले जनाएको छ । 

सो अवसरमा पर्यटनमन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गर्नुभयो । 

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुई संस्थाबीच सहकार्यको सम्झौता प्रशंसनीय रहेको भन्दै निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभयो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लिखित कुराहरुलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस