१२ बैशाख, २०८१ बुधबार

04:58:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२० जेठ, २०७९

शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 ९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन ९८ हजार रुपैयाँ कारोबार भएको छ ।

बिहीबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। बिहीबार सछापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबर भएको थियो।

शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।