५ बैशाख, २०८१ बुधबार

12:42:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१८ जेठ, २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

 बुधबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको मूल्य  तोलामा २०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।