२३ बैशाख, २०८१ आइतबार

08:56:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्युटिसियन लक्ष्मी महतको हेल्थ एण्ड व्युटी पुस्तक सार्वजनिक

१९ पुस, २०७८

व्युटिसियन लक्ष्मी महतको हेल्थ एण्ड व्युटी पुस्तक सार्वजनिक

काठमाडौँ, 
व्युटिसियन लक्ष्मी महतको हेल्थ एण्ड व्युटी पुस्तक सार्वजनिक भएको छ । 
काठमाडौंमा एक समारोहकाबीच महतको पुस्तक सार्वजनिक भएको हो ।कार्यक्रममा प्रमुख अतिथि सिटिईभिटीका पूर्व सदस्य सचिव गोविन्द गजुरेलले सौन्दर्य पेसामा फेसियल भ्यालुले महत्व राख्ने भएकाले सौन्दर्यकलामा सौन्दर्य चेतना आवश्यक रहेको बताउनुभयो । 

मधुकर उपाध्यायले पुस्तकको विषयमा चर्चा गर्नुभएको थियो। घिमिरेले लोकार्पित पुस्तकले मुलुकभर सौन्दर्य व्यवसाय गर्न चाहने र सौन्दर्यकला सिक्न चाहने विद्यार्थीहरूका लागि उपयोगी  हुने बताउनुभयो ।

पुस्तक प्रकाशनका लागि सृजनशिलताको आवश्यक रहेको भन्दै उहाँले महतले यस कुरालाई ध्यानमा राख्दै सौन्दर्य पेशामा लाग्नेहरुका लागि सहयोगी बन्ने पुस्तक सार्वजनिक गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । पुस्तक लोकार्पणका क्रममा महतले सौन्दर्य कला सम्वन्धि सिकाई पुस्तक तयार गर्न ४ वर्ष समय लागेको बताउनुभयो ।

टिआईटिआई  डाइरेक्टर महेश्वर भट्टले सौन्दर्यकलालाई मर्यादित बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा  न्यु लुक्स कस्टमेटिकका फाउण्डर विश्व किरण जैन, बालाजु स्कुल अफ ईन्जिनियरिङ सिटीईभिटीईका गुणानन्द झा, बाग्मती प्रदेश सिटीईभिटीईका प्रमुख तौलेन्द्र आचार्य,सिटीईभिटीईकी को अर्डिनेटर राजेश्वरी श्रेष्ठ लगायतले महतलाई शुभकामना व्यक्त गर्नुभयो ।